नयाँ शक्ति निर्माण अभियान

बिहिवार , श्रावण २८, २०८३

१९९७ सालदेखि २०७२ सम्मका ७५ वर्षको नेपालको लोकतान्त्रिक राजनीतिक संघर्ष र वहाँको आफ्नै राजनीतिक जीवनको ४० वर्षको योगदान पश्चात संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारीसँगै देश पूँजीवादी राजनीतिक क्रान्तिको एउटा युग पार गरेर नयाँ युगमा प्रवेश गरेको ठहर सहित डा. भट्टराई नयाँ युगका निम्ति नयाँ शक्ति निर्माण अभियानमा लाग्नुभएको छ ।

२०७० फागुन २५ गते ‘नेपाल’ साप्ताहिकमा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकमा चर्चित लेख प्रकाशित गरेर त्यस सम्बन्धी बहस चलाउँदै आउनुभएका डा. भट्टराईले संविधानसभाबाट संविधान जारी भएलगत्तै २०७२ असोज ९ गते आफू उपाध्यक्ष रहेको एकीकृत नेकपा (माओवादी) र संसद् सदस्यता समेत परित्याग गरी सो नयाँ अभियानको नेतृत्व गरिरहनुभएको छ । ‘सम्भव छ हाम्रै जीवनकालमा समृद्ध नेपाल’ भन्ने मूल नारा सहित समृद्धि, सुशासन, समावेशीता, स्वाधीनता र समुन्नत समाजवादका पाँच ‘स’लाई मूल लक्ष्य बनाइएको सो आन्दोलनप्रति आम जनताको आकर्षण र राष्ट्रिय र अन्तर्राष्ट्रिय ध्यान केन्द्रित हुँदै गइरहेको छ ।

Narendra Sah