About Doctor Baburam Bhattarai

१९९७ सालदेखि २०७२ सम्मका ७५ वर्षको नेपालको लोकतान्त्रिक राजनीतिक संघर्ष र वहाँको आफ्नै राजनीतिक जीवनको ४० वर्षको योगदान पश्चात संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारीसँगै देश पूँजीवादी राजनीतिक क्रान्तिको एउटा युग पार गरेर नयाँ युगमा प्रवेश गरेको ठहर सहित डा. भट्टराई नयाँ युगका निम्ति नयाँ शक्ति निर्माण अभियानमा लाग्नुभएको छ ।

२०७० फागुन २५ गते ‘नेपाल’ साप्ताहिकमा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकमा चर्चित लेख प्रकाशित गरेर त्यस सम्बन्धी बहस चलाउँदै आउनुभएका डा. भट्टराईले संविधानसभाबाट संविधान जारी भएलगत्तै २०७२ असोज ९ गते आफू उपाध्यक्ष रहेको एकीकृत नेकपा (माओवादी) र संसद् सदस्यता समेत परित्याग गरी सो नयाँ अभियानको नेतृत्व गरिरहनुभएको छ । ‘सम्भव छ हाम्रै जीवनकालमा समृद्ध नेपाल’ भन्ने मूल नारा सहित समृद्धि, सुशासन, समावेशीता, स्वाधीनता र समुन्नत समाजवादका पाँच ‘स’लाई मूल लक्ष्य बनाइएको सो आन्दोलनप्रति आम जनताको आकर्षण र राष्ट्रिय र अन्तर्राष्ट्रिय ध्यान केन्द्रित हुँदै गइरहेको छ ।

Featured Collection

Books

View All

Parliament Speech

Biography & Journey

Life of BRB

View All

पारिवारिक पृष्ठभूमि

डा. बाबुराम भट्टराईको जन्म वि.सं. २०११ साल असार ४ गते ऐतिहासिक गोरखा जिल्लाको प्रसिद्ध लिगलिगकोटको पूर्वी फेदीमा रहेको खोप्लाङको वेलवास गाउँमा भएको हो । वहाँ पिता भोजप्रसाद भट्टराई (१९८७ )

शिक्षा

भर्खरै राणाशासनबाट मुक्त भएको तत्कालीन नेपालका गाउँवस्तीमा आधुनिक शिक्षाको ज्योति फैलिसकेको थिएन । त्यसैले बालक बाबुरामको अक्षरारम्भ घरमा नै ज्योतिष जेठाबा हरिप्रसादबाट धुलेपाटीमा अक्षर कोरेर भएको थियो । बाँसको सुपलामा

राजनीतिक यात्रा/पार्टी जीवन

बाबुरामको बाल मस्तिष्कमा राजनीतिको पहिलो झिल्को २०१७ सालमा राजा महेन्द्रको कू पछि त्यसका विरुद्ध २०१८/०१९ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र गतिविधिले बालेको थियो । वहाँका मामा (जेठी आमाका दाज्यू) कृष्णप्रसाद

जनयुद्ध काल

२०५२ फागुन १ गतेबाट शुरु भएर २०६३ मंसिर ५ गते वृहद् शान्ति सम्झौतामा हस्ताक्षरसँगै विधिवत् समापन भएको माओवादी जनयुद्धमा डा. बाबुराम भट्टराईले वैचारिक, राजनीतिक र सांगठनिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह

शान्ति प्रक्रिया र संविधानसभा

नेपाली इतिहासमा २००७ सालमा जन्मेर २०१४ सालमा राजा महेन्द्रद्वारा तुहाइएको संविधानसभाको मुद्दालाई २०४६ सालपछि पार्टीभित्र र बाहिर निरन्तर उठाएर अन्तत: सफल पारिछाड्ने मुख्य श्रेय डा. बाबुराम भट्टराईलाई नै जान्छ ।

अर्थमन्त्री र प्रधानमन्त्री

डा. बाबुराम भट्टराई २०६५ भदौदेखि २०६६ बैशाखसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गणतन्त्र नेपालको पहिलो मन्त्रीमण्डलमा अर्थमन्त्री हुनुभयो । वहाँले २०६५ असोज ३ गते प्रस्तुत गर्नुभएको आ.व. २०६५०६६ को बजेटलाई एउटा
Narendra Sah